
गायक भक्तराज आचार्यको निधन
पोखरा, १४ फागुन/ गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए ।
उनका ’हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले स्वर गुमाएका थिए । उनका ४ सय भन्दा बढि गितहरु रेकर्ड भएका छन् ।







