पत्रकार रमेश पौडेललाई मातृशोक

-


     क्लिक गण्डकी     
     फागुन १५ गते २०८० मा प्रकाशित


पत्रकार रमेश पौडेललाई मातृशोक

इन्द्रकला पौडेल

पोखरा, १५ फागुन/ पत्रकार रमेश पौडेललाई मातृशोक परेको छ । रेडियो बाराहीका प्रबन्ध निर्देशक तथा नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबार निधन भएको हो ।

उनको गएराति मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित निवासमा निधन भएको हो ।

उनका ५ छोराहरु स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल र दुई छोरीहरु सिता सापकोटा र विना अधिकारी रहेका छन् ।

स्वर्गीय पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।