गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज देखि

-


     क्लिक गण्डकी     
     फागुन १६ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभा

पोखरा, १६ फागुन/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ ।

लामो सयम पछि शुरु हुन लागेको अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गर्ने तयारी छ ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

यसअघि प्रदेश मामिला तथा कानुन समितिद्वारा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउ विजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् ।