
अन्नपूर्ण गाउँपालिका लुम्ले गाउँमाथिको भिरमा आगोलागी
पोखरा, १३ फागुन/ अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँमाथिको भिरमा आगोलागि भएको छ ।
आइतबार दिऊसो लागेको आगो निभाउन कोशी भईरहेको स्थानीय विवेक देवकोटाले जानकारी दिए ।
उनले ठुलो आगो लागेका कारण नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गरेको बताए ।
आगो कसरी लाग्यो भन्ने बारे नखुलेको बताए । खडेरीका कारण विभिन्न आगोलागिका घटनाहरु बढेका छन् ।