पोखरामा ८ लाखको सुनका गहना र नगद गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन १२ गते २०८० मा प्रकाशित


चोरी

चोरी

पोखरा, १२ फागुन/ पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट करिब ८ लाख रुपैयाको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।

प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो ।

सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा–२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा २६ बस्ने अर्जुन नेपालीलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिजयपुर सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान, जाली औठी १ थान र नगद १ लाख १६ हजार रुपैयाँ तीन युवकको साथबाट ७ लाख ९६ हजार बरारको बराम भएको छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली सुन र नगद सहित पक्राउ गरेको हो ।



Tags: