पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन ११ गते २०८० मा प्रकाशित


पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

पोखरा बसपार्कबाट ५ लाख बढीको अवैध सामानसहित एक जना पक्राउ

पोखरा, ११ फागुन/ पोखरामा ५ लाख बढीको अवैध सामान र ट्याक्सी सहित सुरत बहादुर रानाभाट प्रकाउ परेका छन् । प्रहरीले रानाभाटलाई पोखरा बसपार्कबाट विल नभएका अवैध सामान सहित बिहीबार पक्राउ गरेको हो ।

रानाभाटले भाडामा लिएको घरबाट बिल नभएको ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको बिल विनाको चुरोट, गुट्का, जुस लगायतका अवैध सामान र ग २ च ३७२ नम्बरको मारुती कारसहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको अवैध विभिन्न चुरोट, गुट्का जुस लगायतका सामानहरु बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

रानाभाटलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय बुटवल पठाइएको कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।