
शव
पोखरा, १३ फागुन/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मन नागरिक पियाको मृत्यु भएको हो ।
उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आइतबार बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि जानकारी लिएर छाडेको छ । उनी भारतको गोवामा भेटेर नेपाल आएका थिए । उनी कास्कीको ढिकी डाडाँको एक घरमा १० दिन अगाडीबाट बस्दै आएका थिए ।
उनीहरु ढिकी डाडाँमा बसेपनि तोता पनि हुर्दै मिर्सा घुम्न निगएका थिए । अमेरीक पर्यटकले दिएको जानकारी अनुसार उनी शौचालय जाने क्रममा भिरबाट लडेकी थिइन् ।