फिर्के र बुलौदी खोलाका मापदण्ड घट्यो

-


     क्लिक गण्डकी     
     फागुन १० गते २०८० मा प्रकाशित


अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ स् प्रमुख आचार्य

पोखरा, १० फागुन/ पोखरा महानगरपालिकाले फिर्के, बुलौदी खोलाको मापदण्ड घटाएको छ । बुधबार भवन सम्बन्धी नयाँ मापदण्ड सार्वजनीक गर्दै फिर्के र बुलौदी खोलाको मापदण्ड घटाएको हो । यस अगाडी १० मिटर मापदण्ड रहेकोमा घटाएर ६ मिटर बनाएको पोखरा महानगरपालिका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

सेती नदी, मर्दी, काली, हर्पन, पुँडी र सुरौदी खोलाको ३० मिटर, याम्दी र सुइँखेत खोलाको १७ मिटर, पार्दी खोलाको १२.५ मिटर, काँहु र भलाम खोलाको १० मिटर, बगादी खोला, वेगनासताल खोला र तालखोलाको ७ मिटर, फिर्के, बुलौदी खोला र पोखराभित्रका बाँकी खोल्साको मापदण्ड ६ मिटर तोकेको छ ।

नयाँ मापदण्ड अनुसार अब पोखरामा ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने छ । उनले त्यस भन्दा अग्ला भवन बनाउनका लागि माटो परीक्षण गरेर मात्रै भवन बनाउन दिने बताए ।

महानगरले अहिलेसम्म त्यही पुरानै मापदण्डलाई आधार मानेर बढीमा साढे ३ तलासम्मको भवन बनाउन स्वीकृति दिँदै आएको छ । तर, पोखरामा साढे ३ तला भन्दा अग्ला ५ हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको पौडेलले बताए ।

पौडेलका अनुसार नयाँ भवन मापदण्डमा झ्याल, ढोका कता राख्ने, कुन उचाइमा राख्ने, पोखराका कुन स्थानमा कस्तो घर बनाउने जस्ता विषय पनि उल्लेख छ । पोखरा मेयर धनराज आचार्यले मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए ।

अबको ४८ घन्टामा सबैले थाहा पाउनले गरी राजपत्रमा प्रकासन गर्ने बताए । त्यसै गरी फिर्के र बुलौदीको मापदण्डमा परिर्वतन भएको छ ।

यसमा ६ मिटर कायम गरेको छ । त्यसै गरी सेती नदिको ३० मिटर कायम गरेको छ । त्यसै गरी पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।

यस्तै राजमार्ग, मुलमार्ग, शाखा मार्ग र पहुँच मार्ग, महागनर चक्रपथ, विशेष सहरी मार्ग लगायत ९ प्रकारका मार्गको वर्गिकृत गरी सडक मापदण्ड तोकिएको छ ।

राजमार्गमा सडक केन्द्रबाट २५ मिटर, मुल मार्गमा १५ मिटर, शाखा मार्गमा सात दशमलब ५ मिटर, विशेष सहरी मार्गमा १५ मिटर र सबै भन्दा कम स्थानिय मार्गमा चार दशमलब ५० र ग्रामिण क्षेत्र गोरेटोमा दुइ दशमलब ५ मिटर मापदण्ड तोकिएको छ ।

महानगरले सार्वजनिक गरेको मापदण्ड अनुसार फेवा, बेगनास लगायतका अन्य नौँ वटा तालको पुरानै मापदण्ड कायम गरिएको छ ।



Tags: ,