पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क, १९३ देशका झण्डा

-


     क्लिक गण्डकी     
     फागुन ७ गते २०८० मा प्रकाशित


पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क, १९३ देशका झण्डा

पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क, १९३ देशका झण्डा

पोखरा, ७ फागुन/ पोखरामा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । पोखरा महानगरपालिकाले लायन्स क्लवसँगको सहकार्यमा पार्क निर्माण गरेको छ ।

पोखरा ९ महेन्द्रपुल स्थित सेती नदीको किनारमा पार्क बनाइएको छ । पार्कको सोमबार उद्घाटन गरिएको छ ।
पार्कमा युनाइटेड नेसन्समा आवद्ध १ सय ९३ देशका झण्डा राखिएको छ ।

पार्क निर्माण गर्न ७० लाख लागत लागेको महानगरपालिकाका मेयर धनराज आर्चायले बताए । त्यसबाहेक केही भवन र स्तम्भ पनि बनाइएको छ । उक्त खर्च महागनरले व्यहोर्ने छ ।

पार्कमा नेपालको ठूलो झण्डा छ भने पत्रपत्रिका पढ्ने ठाउँ रहेको छ । सोही ठाउँमा यसअघि गैर आवासीय नेपाली संघले करोड खर्चेर आधुनिक शौचालय बनाइदिएको छ ।