स्याङ्जाका प्रेम आइफोन चोरी गरेको आरोपमा पोखरामा पक्राउ

-


     क्लिक गण्डकी     
     फागुन ६ गते २०८० मा प्रकाशित


चोरी

चोरी

पोखरा, ६ फागुन/ पोखरामा मोबाईल चोरी गरेको आरोपमा कास्की प्रहरीले स्याङ्जाका प्रेम गुरुङलाई प्रकाउ गरेको छ । मोबाईल चोरी गरेको आरोपमा प्रहरीले गुरुङलाई शनिबार प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाईल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो ।

गुरुङको साथबाट प्रहरीले ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ ।

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।