लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ २८ गते २०८० मा प्रकाशित


लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

पोखरा, २८ माघ/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा लेकसाईड स्थित विभिन्न छ वटा पसलहरुमा विभिन्न मितिमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको ।

चोरी गरेको आरोपमा पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नम्बर १४ बस्ने २१ बर्षीय दिपेश परियार रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घर कोठामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको ।

मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा रहेको पोखरा-४ बस्ने जाहेरवाला प्रतिक गुरुङले संचालन गरेको कपी बक्स क्याफेबाट नगद रु.१५,०००/-,४ बन्डल सुर्य चुरोट रु.१२,१००/-,रु.२०,०००/- पर्ने सामसुङ कम्पनिको ट्याबलेट थान-१,रु.४२,०००/- पर्ने १२ थान जिप्पो लाईटर, समेत जम्मा रु.८९,१००/- बराबरको धनमाल चोरी गरेको ।

 मिति २०८०/१०/०१ गते बिहानको अ.०५.१५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड स्थितमा रहेको सुरेश भण्डारीले संचालन गरेको सोल ओरिजिन क्याफेबाट नगद रु.१०,०००/-,वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान-२,समेत जम्मा रु.८७,५२५/-बराबरको धनमाल चोरी गरेको

 मिति २०८०/१०/१३ गते रातको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ सेन्टर प्वाईन्ट स्थितमा रहेको सुरज कुँवरले संचालन गरेको रेष्ट्रो लंज बार भित्रबाट नगद रु.३५,०००/-,सुर्य चुरोट मसेत जम्मा रु.३५,९६०/- बराबरको धनमाल चोरी गरेको ।

 मिति २०८०/१०/१६ गते बिहानको अ.०४.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा रहेको बिनोद मल्लले संचालन गरेको एलिज क्याफेबाट नगद रु.२,०००/-रु.१०,०००/-पर्ने गितार थान-१,सुर्य चुरोट समेत जम्मा रु.१२,६६०/-बराबरको धनमाल चोरी गरेको ।

 मिति २०८०/१०/१६ गते बिहनाको अ.०३.५० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न. ६ लेकसाईड फुटट्याकमा रहेको केशब नेपालीले संचालन गरेको सोप्निल दरबार खाजाघरको भित्रबाट नगद रु.२,०००/-रु.६९९०/-पर्ने रेड लेबन,रु.८८००/-पर्ने ब्यालेक लेबन रक्सी थान-१,रु.२४४०/- पर्ने सिक्नेचर रक्सी थान-१,रु.४५४०/- पर्ने ओल्ड दरबार रक्सी, सुर्य चुरोट समेत जम्मा रु.२७,२८०/- बराबरको धनमाल चोरी गरेको ।

 मिति २०८०/१०/१६ गते बिहानको अ.०४.३० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा बुद्ध गुरुङले संचालन गरेको टोनिक लंज एण्ड बारबाट नगद रु.१३,०००/-खुकुरी रम,सुर्य चुरोट समेत जम्मा रु.१९,१६०/-बराबरको धनमाल चोरी गरेको ।

निजले वयानको क्रममा घटनामा संलग्नता स्वीकार गरेको । निजको साथबाट खानतलासीपश्चात चोरी भएको ट्यावलेट थान २ समेत वरामद भएको । चोरी भएका अन्य धनमालको विषयमा समेत अनुसन्धान कार्य जारी रहेको ।

निजउपर सम्मानित जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको ।



Tags: