समाचार

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
पोखरा, ४ पुस/ लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता यस वर्ष २ लाख ४४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशबराज बराललाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य… पुरा पढौ

पोखराको दिगो पर्यटन परियोजनाका लागि चार अरब पचास करोड बराबरको सम्झौता

पोखराको दिगो पर्यटन परियोजनाका लागि चार अरब पचास करोड बराबरको सम्झौता
पोखरा, ३ माघ/ नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरे । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । सहरी विकास मन्त्रालयमा भएको दिगो… पुरा पढौ

पोखरामा पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जना पक्राउ

पोखरामा पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जना पक्राउ
पोखरा, ३ माघ/ पोखरामा पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा १४ खाल्टेमसिना बस्ने २० बर्षिय गोविन्द परियारलाई पक्राउ गरेको हो । प्रहरीले पोखरा १४ समिनतरामा जिप चलाई रहेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।… पुरा पढौ

काँडेतार देशप्रमीको सिनेमा भएको निर्देशक नवल खड्काको दावी, पोखरामा विषेश प्रर्दशन हुदै

काँडेतार देशप्रमीको सिनेमा भएको निर्देशक नवल खड्काको दावी, पोखरामा विषेश प्रर्दशन हुदै
पोखरा, २ माघ/ काँडेतार देशप्रेमीको सिनेमा भएको निर्माता, निर्देशक तथा कलकार नवल खड्काले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए । “काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ ।आफु देशको… पुरा पढौ

पोखरामा गाडीले स्कुलको पर्खाल र ढोका नै फोरेपछि

पोखरामा गाडीले स्कुलको पर्खाल र ढोका नै फोरेपछि
पोखरा, २ माघ / पोखरा ६ शान्तिपाटन स्थित अन्नपुर्ण आधारभुत विद्यालयकाले पर्खाल र कक्षा कोठाको ढोका गाडीले भत्काएको छ । गएराती प्रदेश ३ -०१ -०२४ च ९५१७ नम्बरको गाडीले विद्यालयकाले पर्खा र कक्षा कोठाको ढोका समेत भत्काएका छ । गाडीले विद्यालयको पर्खा, ढोका, झ्याल लगायत विद्यालयको भौतिक सम्पतिमा क्षति गरेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा टान गण्डकीका प्रथम उपाध्क्ष कृष्ण आचार्यले जानकारी दिए । दुर्घटना पछि पठनपाठन समेत रोकिएको भन्दै सहज बनाईदिन सम्बन्धी सबैलाई आचार्यले अनुरोध गरे । गाडीमा… पुरा पढौ

त्रिशुली नदी जिप दुर्घटना, खोजी कार्य हुदै

दुर्घटना
चितवन, २ माघ/ नारायणघाट– मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट त्रिशुली नदीमा गाडी खसेको छ । इच्छाकामना गाउँपालिका– ५ स्थित राजमार्गबाट करिब ९० मिटर तल नदी भित्रबाट गाडीको बत्ति बलेको देखेपछि खोज्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । भारतीय नम्बर प्लेटको बोलेरो जिप भएको उनले जानकारी दिए । बिहान पौने पाँच बजे सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र… पुरा पढौ

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ
पोखरा, १ माघ/ पोखरामा एक वर्ष अगाडी भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निमार्ण भएको छ । २०७९ माघ १ गते काठमाण्डौबाट पोखरा आउने क्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृति स्तम्भ निमार्ण गर्दै सभा गरिएको छ । दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावली सहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ । स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त… पुरा पढौ

पोखरा महानगरको सभा सुरु, कर घटाउन समिति गठन

पोखरा महानगरको सभा सुरु, कर घटाउन समिति गठन
पोखरा, १ माघ/ पोखरा महानगरपालिकाको १४ औं सभा सुरु भएको हो । आइतबारको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ भने एउटा विशेष समिति गठन गरिएको छ । बैठकले मालपोत र भूमिकरको शुल्क संशोधन गर्न विशेष समिति गठन गरिएको हो । आर्थिक ऐन संशोधनका लागि वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए । समितिमा वडा नम्बर ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, १३ का अध्यक्ष किरण बराल, पोखरा १५ का तोरण… पुरा पढौ

प्रेस क्लब गण्डकीले साधारणसभा, ५० हजार रुपैयाँको पुरस्कार घोषणा

प्रेस क्लब गण्डकीले साधारणसभा, ५० हजार रुपैयाँको पुरस्कार घोषणा
पोखरा २९ पुस/ प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट भुमिका… पुरा पढौ

फरक क्षमताको क्षेत्रमा काम गर्ने यशोदा सम्मानित

यशोदा राजभण्डारी
पोखरा, २९ पुस / फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् । बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको संचालक कोइराला सेवा समाज पोखराले उनलाई सम्मानित गरेको हो । सम्मानमा नगद ५५ हजार ५५५ रुपैयाँ पनि समावेश रहेको छ । कोइराला सेवा समाजका अध्यक्ष देवदत्त कोइरालाको संयोजकत्व तथा शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला र दाताका तर्फबाट संजिवबहादुर कोइराला रहेको सम्मानित व्यक्तित्व छनोट समितिले राजभण्डारीलाई सम्मानित गर्ने… पुरा पढौ