समाचार

फेवातालको मापदण्ड बारे छलफल गर्न पोखरा महागनरमा सर्वदलीय बैठक

फेवातालको मापदण्ड बारे छफलफ गर्न पोखरा महागनरमा सर्वदलीय बैठक
पोखरा, १४ पुस/ पोखरा महानगरपालिकाले कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग सर्वदलीय बैठक बसेर छलफल गरेको छ । पोखरासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वका विषयहरूमा सर्वदलीय बैठक गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षता सम्पन्न बैठकमा सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको मापदण्ड कार्यान्वयन, फेवातालको उपल्लो तटीय (सिमसार) क्षेत्र संरक्षण, फिर्के खोलाको खोलाघर खाली गर्ने, सालिकहरूको व्यवस्थापन, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने लगायत विविध विषयहरूमा छलफल भएको छ । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न… पुरा पढौ

बोट रेसमा स्विमिङपुलघाट विजयी

बोट रेसमा स्विमिङपुलघाट विजयी
पोखरा, १४ पुस/ रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे । विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा… पुरा पढौ

लेखनाथमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा २७ लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विहान करिब ९ बजे बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँएको थियो । सोही ठाउँको फुटपाथमा व्यवापार गर्ने भारतकी इसरावती कुमारीको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले… पुरा पढौ

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु

लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना, १ जनाको मृत्यु
पोखरा, १४ पुस/ पोखरा महानगरपालिका २६ लेखनाथनमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । लेखनाथ महोत्सव प्रवेश गेटमा बस दुर्घटना हुदाँ १ जना फुटपाथ व्यापारीको मृत्यु भएको लेखनाथका पत्रकार सन्दीप पौडेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

सूर्य दर्शन सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ

कैलाश कुमार दर्लामी
पोखरा, १४ पुस/ सहकारी ठगी कसुरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी पोखराका उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ परेका छन् । रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा रामेछापबाट पक्राउ परेका हुन् । दर्लामीलाई बिहीबार रामेछापबाट पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको सूर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरु माथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको… पुरा पढौ

पोखरामा आज देखी प्याराग्लाइडिङ संचालन हुने

प्याराग्लाइडिङ
पोखरा, १४ पुस/ पोखरामा आज देखी फष्ट कम फष्ट सर्भिसका आधारमा प्याराग्लाइडिङ संचालन हुने भएको छ । व्यवसायीको आन्तरिक कारणले तीन हप्ता देखि ठप्प भएको प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अनुमति दिएको छ । पुस १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई (फष्ट कम फष्ट सर्भिस) का आधारमा उडान गर्न… पुरा पढौ

शहीद दिवस र रामनवमीका सार्वजनीक बिदा, जनयुद्ध दिवस बदर

सार्वजनिक विदा
पोखरा, १४ पुस/ सरकारले शहीद दिवस र रामनवमीका दिन सर्वाजनीक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी दिइन् । यस अगाडी सरकारले यी दुई दिनको विदा काटेको थियो माघ १६ गते सहित दिवस र रामनवमी अर्थात चैते दशैको रुपमा मनाइन्छ । सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । उता सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको… पुरा पढौ

बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
पोखरा/ रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो । लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार… पुरा पढौ

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सन्दीप लामिछाने
काठमाडौं, १३ पुस/ जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछाने माथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण जनाइएको छ । पुरा पढौ

मन्त्रीको गाडीमा आगजनी घटनाः दुई युवकको मृत्यु

मन्त्रीको गाडीमा आगजनी घटनाः दुई युवकको मृत्यु
काठमाडौं, १३ पुस/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा परि दुई जना युवकको मृत्यु भएको छ । बा२झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए । गाडीमा आगजनी पछि बालकुमारी–ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडप भएको थियो । करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएका छ । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।राउतको छातीमा निलडाम देखिएको अस्पताल जनाएको छ ।… पुरा पढौ