पोखरामा जुवा र लुडो खेल्ने १२ जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ २१ गते २०८० मा प्रकाशित


जुवा तास

जुवा तास

पोखरा, २१ माघ/ कास्की प्रहरीले पोखरामा जुवा र लुडो खेल्ने १२ जनालाई पक्राउ गरेको छ ।

पोखरा १२ अमरसिंह प्रगतिनगरमा ७ जना जुवा खेल्दै गरेका र पोखरा ११ लेकसाइडमा लुडो खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ ।

पोखरा १२ अमरसिंह प्रगतिनगरमा टोलमा डेरा गरी बस्ने नर बहादुर गुरुङको कोठामा जुवा खेलिरहेका ७ जनालाई २१२ पत्ती तास र नगद ६४ हजार ८ सय ९५ रुपैसा सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी पोखरा ११ धरहरा मार्ग स्थितमा जुवा (लुडो) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट लुडो खेल्न प्रयोग हुने बोर्ड १ थान, विभिन्न रंगका गोट्टी १६ थान, लुडोको गोट्टी राख्न प्रयोग हुने बट्टा १ थान र नगद ७२ हजार २ सय २५ रुपैया सहित पक्राउ गरेको छ ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ व्यक्तिहरू
१। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।११ फुलवारी बस्ने वर्ष ३२ को प्रदिप बहादुर गुरुङ ।
२। ऐ।ऐ। बस्ने वर्ष ३० को सुनिल सारु मगर ।
३। ऐ।ऐ। बस्ने वर्ष ४५ की धनश्री पुन ।
४। ऐ।ऐ। बस्ने वर्ष ४८ का किसान पुन ।
५। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ६ लेकसाईड बस्ने वर्ष ३९ को विकास वि।क। ।

जुवामा पक्राउ व्यक्तिहरू
१। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।१२ प्रगतिनगर टोल बस्ने वर्ष ६५ को नर बहादुर गुरुङ ।
२। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ फुलवारी बस्ने वर्ष ३७ को बलराम थापा ।
३। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ गुठीटोल बस्ने वर्ष ४४ को भिम बहादुर मगर ।
४। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ लालिगुरास टोल बस्ने वर्ष ५३ की कृष्ण कुमारी गुरुङ ।
५। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ हस्पिटल चोक बस्ने ५२ को सोम बुहादुर तामाङ ।
६। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ लालिगुरास टोल बस्ने वर्ष ४९ को जस बहादुर गुरुङ ।
७। जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। १२ गोरखालाईन बस्ने वर्ष ५० की मिना गुरुङ ।