बेलायतमा आगलागीमा परी पोखराका दिदीबहिनीको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १९ गते २०८० मा प्रकाशित


बेलायतमा आगलागीमा परी पोखराका दिदीबहिनीको मृत्यु

बेलायतमा आगलागीमा परी पोखराका दिदीबहिनीको मृत्यु

पोखरा, १९ माघ / स्कटल्यान्डको एबर्डिनमा आगलागीमा परी पोखराका दुई नेपाली दिदीबहिनीको निधन भएको छ ।

ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुबेदी र २४ वर्षीया शिक्षा सुबेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो ।

उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुबेदीका छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुबेदी दिदीबहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटी अध्ययन गरेकी थिइन् ।