पोखराको लेकसाईडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर ईञ्जिनियरको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १६ गते २०८० मा प्रकाशित


शव

पोखरा, १६ माघ/ पोखरा ६ लेकसाइडमा बनाउँदै गरेको घरको लिफ्टबाट खसेर एक जना ईञ्जिनियरको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षिय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यु प्रहरीले जानकारी दिएको छ ।

निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे घरको पाँचौ तलाबाट खसेर गम्भीर घाईते भएका थिए ।

घाईते ईञ्जिनियर भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो २ः२७ बजे उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।