बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १२ गते २०८० मा प्रकाशित


फाइट

फाइट

म्यादी, १२ माघ/ म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ बेनी नगरपालिका ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका १ बेगका घर भई बेनी नगरपालिका ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।

मृतकका साथी बेनी नगरपालिका–६ अथुंगेका अनुराग शाहीक घाइते भएका छन् । बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।

घटनामा संग्लनको पहिचान भइसकेको डिएसपी कुवँरले जानकारी दिए । मृतक युवा सहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।



Tags: