
मेनुका पौडेल
पोखरा, १५ माघ/ इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।
आइडलको आइतबार राति प्रशारण भएको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा प्रदान गरेका हुन् ।
शोको मञ्चमै मेनुकाले चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज उक्लिएका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिए ।
चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने उनले बताए ।
चस्मामा क्यामेरा जडान गरेर फोटो खिच्ने र सेन्सरले इमेजबारे विस्तृत चित्र बताउँछ ।
चस्माको सेन्सरमा एआई जडान गरिएको छ । चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन् । जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन् ।
मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन् । उनी नेपाल आइडलमा पनि उष्कृष्ट ११ भित्र पर्न सफल भएकी थिइन् ।





