सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८० मा प्रकाशित


सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईविरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी

पोखरा, १४ माघ/ पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस (रेड कर्नर नोटिस) जारी भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए ।

जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेको हो । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यस मध्ये ४ जना पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।



Tags: ,