पोखरामा एटीएम फोड्दै गर्दा एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     माघ १५ गते २०८० मा प्रकाशित


लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ

एटिएम फोर्ने एक जना पक्राउ

पोखरा, १५ माघ/ पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा रहेको एनएमबि बैकको एटीएम मेशिन तोडफोड गर्दै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आइतबार राति करिब १२ बजेको समयमा एटिएम मेशिन तोडफोड गर्न लागेको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने २७ बर्षीय राजकुमार भन्ने टिकाराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी मुद्धामा ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।