गायिका रचना रिमाल सवार गाडी ट्रकसँग ठोक्कियो

-


     क्लिक गण्डकी     
     माघ १४ गते २०८० मा प्रकाशित


रचना रिमाल

रचना रिमाल

पोखरा, १४ माघ/ गायिका रचना रिमाल सवार स्कारपियो दुर्घटनामा परेको छ । आइतबार बेलुका रिमाल चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३-०१ ख-२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।

नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा दुर्घटनामा परेको हो । गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाल घाइते भएका छन् ।

गायिका रिमालले दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएकी छन् । घटनापछि अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुगेकी थिइन् ।

उनले आइतबार बेलुका लमही महोत्सवमा प्रस्तुति दिने भने पनि सोमबार महोत्सवमा प्रस्तुति दिने जानकारी उनले दिएकी छन् । उनले समयमै आफू उपस्थित हुन नसकेकोमा दर्शक र आयोजकप्रति क्षमा समेत मागेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ।

आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुननसकेकोमा क्षमा चाहन्छु।



Tags: