पोखरा जिप दुर्घटनामा परि चालकको मृत्यु

-


     क्लिक गण्डकी     
     माघ १० गते २०८० मा प्रकाशित


सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर तस्बिरः बलराम तिमिल्सिना

पोखरा, १० माघ/ पोखरामा जिप दुर्घटना हुदाँ घाइते भएका जिप चालकको मृत्यु भएको छ ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ चिसाखोलामा दुर्घटना हुँदा घाइते भएका जिप चालक ४९ बर्षिय कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।

जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् । सराङकोटबाट दुध लिएर पोखरा आउदै गरेको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब २० मिटर तल रुखमा गएर अड्कीएको थियो ।



Tags: