
पोखरामा साइकल चोरीमा गर्ने नौ नाबालक साइकल सहित पक्राउ
पोखरा, १२ माघ/ पोखरामा केहि समय यता नाबालकहरु नै चोरीमा संलग्न भएका घटनाहरु सार्बजनिक भएको छ ।
कहिले ठुलो बस त कहिले अन्य सवारी साधन चोरेर टाढा टाढा लागेको भन्ने समाचार सार्बजनिक भैरहेको बेला साइकल चोरीमा समेत सानो उमेरका बालकहरुको संलग्नता रहेको भेटिएको छ ।
पोखराको लेकसाइड लगाएतका क्षेत्रमा विभिन्न व्यक्तिहरुले राखेका साइकलहरु चोरी भएपछि प्रहरीले खोजी गर्दा ९ जना बालकहरु चोरीमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।
साइकल चोरी भएको सूचना पछी वडा प्रहरी कार्यालय बैदामले सादा पोशाकको प्रहरी टोली परिचालन गरेको थियो ।
टोलीले विभिन्न स्थानमा निगरानी गर्दा विभिन्न मितिमा चोरी भएका ९ थान विभिन्न किसिमका साइकल पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
पक्राउ गरेपनि आबस्यक सोधपुछ गरि सम्झाई बुझाइ बालकहरुलाई अभिभाबकहरुको जिम्मा लगाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।