सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर

-


     क्लिक गण्डकी     
     माघ १० गते २०८० मा प्रकाशित


सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, एकको अवस्था गम्भिर तस्बिरः बलराम तिमिल्सिना

पोखरा, १० माघ/ सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । घाइते मध्ये जिप चालक कृष्ण बहादु थापाको अवस्था गम्भिर रहेको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ । सराङकोट पोखरा आउदै गरेको ग३च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

जिपमा सवार चन्द्राकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् । जिप दुर्घटना भएका आधा घण्टापछि जिपले च्यापिएको अवस्थामा चालक कृष्ण बहादुर थापाको उद्धार गरी अस्पताल गरिएको हो ।



Tags: