क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने २ विदेशी सहित ६ जना पोखरामा पक्राउ

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०८० मा प्रकाशित


क्यानडा

क्यानडा

पोखरा, ११ माघ/ पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोक स्थित रहेको एक होटलमा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिने दुई विदेशी सहित ६ जना पक्राउ परेका छन् ।

अन्तरर्वाताका लागि विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा १० बुद्धचोकको एक होटलबाट पक्राउ गरेको हो ।

पोखरा १३ पाटनबेशीकी ६५ बर्षीय पार्वती सुनार समेतले मेरो छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकालि दिन्छ, राम्रो काममा लगाईदिन्छु, भनि विभिन्न व्यक्तिहरु सगँ पैसा उठाएर अन्तर्वाता लिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।

पक्राउ पर्नेमा चार जना नेपाली, १ भारती र १ जना क्यानेडीयन नागरिक पक्राउ परेका छन् । उनीहरुले क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख लाग्ने र उक्त रकम अन्तर्वाता पास भए पछी दिनु पर्ने बताएका थिए ।

उनीहरुले अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार लिएको विकले बताए । पक्राउ परेकालाई सम्मानित कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको उनले बताए ।

पक्राउ व्यक्तिहरु
जिल्ला कास्की पोखरा महानगरपालका वडा नं. १३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार ।

जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ महेन्द्रपुल बस्ने वर्ष ३७ की रिता सुनार ।

जिल्ला स्याङ्जा फेदिखोला गा.पा. वडा नं. ३ बस्ने वर्ष ३२ की सिमा सुनार ।

जिल्ला काठमाण्डौ का.म.न.पा. १४ कलंकी बस्ने वर्ष ३८ को प्रदिप उपाध्याय ।

देश क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका 488TARACOVE ESTATE DRIVE NORTH EAST बस्ने वर्ष ४५ को राकेश जैसवाल ।

देश भारत मध्य प्रदेश भोपाल जिल्ला भोपाल नगर स्थायी वतन भएका C4KAKDA ABHINABU HOMES बस्ने वर्ष ३२ को ईस्मित कौर ।



Tags: