पोखरा ३० का वडा सदस्य मानन्धरको निधन, बुधबार आधा दिन महानगरमा शोक विदा

-


     क्लिक गण्डकी     
     माघ ९ गते २०८० मा प्रकाशित


मंगलकाजी मानन्धर

मंगलकाजी मानन्धर

पोखरा, ९ माघ/ नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका वडा नम्बर ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ ।

उनको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको हो । सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वर्गीय मानन्धको बुधबार बिहान १० बजे गगनगौँडास्थित निवासबाटै शवयात्रासहित अन्त्येष्टि गरिने पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जानकारी दिए ।

स्वर्गीय मानन्धरको श्रीमती, दुई छोरा र एक छोरी छन् । मानन्धरको शोकमा बुधबार पोखरा महानगरपालिका आधा दिन पुरै कार्यालय बन्द रहेछ ।