जिल्ला समन्वय समिति कास्कीद्वारा बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन

-


     क्लिक गण्डकी     
     माघ ७ गते २०८० मा प्रकाशित


जिल्ला समन्वय समिति कास्कीद्वारा बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन

जिल्ला समन्वय समिति कास्कीद्वारा बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन

पोखरा, ७ माघ/ जिल्ला समन्वय समिति कास्कीले बिजयपुल खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको छ।

प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुखोला (बिजयपुर) काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपुर खोला कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको हो ।

उपप्रमुख सरिता जिल्ला समन्वय अधिकारी नवराज बराल, सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राबिधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राबिधिक पक्षको जानकारी लिएका थिए ।

प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोसजनक पाइएको बताउदै अबको बाँकी काम गुणस्तरमा ध्यान दिदै समयमै निर्माण सम्पन्न निर्माण ब्यबसायी ,र प्राबिधिक सहित स्थानिय सरोकारवाला आग्रह गरे ।

२०७२ सालमा निर्माण कार्य शुरूभएको पुलको निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनी संगको सम्झौता रद्ध गरि नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको हो ।

हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले निर्माण गरिरहेको सो पुल २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडमा ठक्का पाएको हो ।