
दुर्घटना
चितवन, २ माघ/ नारायणघाट– मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट त्रिशुली नदीमा गाडी खसेको छ ।
इच्छाकामना गाउँपालिका– ५ स्थित राजमार्गबाट करिब ९० मिटर तल नदी भित्रबाट गाडीको बत्ति बलेको देखेपछि खोज्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
भारतीय नम्बर प्लेटको बोलेरो जिप भएको उनले जानकारी दिए । बिहान पौने पाँच बजे सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए ।
वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरको टोलीले खोजी गरी रहेको छ ।
जिपमा कति जना थिए भन्ने बारेमा केही खुल्न सकेको छैन ।





