पोखरामा गाडीले स्कुलको पर्खाल र ढोका नै फोरेपछि

-


     क्लिक गण्डकी     
     माघ २ गते २०८० मा प्रकाशित


पोखरामा गाडीले स्कुलको पर्खाल र ढोका नै फोरेपछि

पोखरामा गाडीले स्कुलको पर्खाल र ढोका नै फोरेपछि

पोखरा, २ माघ / पोखरा ६ शान्तिपाटन स्थित अन्नपुर्ण आधारभुत विद्यालयकाले पर्खाल र कक्षा कोठाको ढोका गाडीले भत्काएको छ ।

गएराती प्रदेश ३ -०१ -०२४ च ९५१७ नम्बरको गाडीले विद्यालयकाले पर्खा र कक्षा कोठाको ढोका समेत भत्काएका छ ।

गाडीले विद्यालयको पर्खा, ढोका, झ्याल लगायत विद्यालयको भौतिक सम्पतिमा क्षति गरेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा टान गण्डकीका प्रथम उपाध्क्ष कृष्ण आचार्यले जानकारी दिए ।

दुर्घटना पछि पठनपाठन समेत रोकिएको भन्दै सहज बनाईदिन सम्बन्धी सबैलाई आचार्यले अनुरोध गरे । गाडीमा ५ जना सवार थिए ।