फरक क्षमताको क्षेत्रमा काम गर्ने यशोदा सम्मानित

-


     क्लिक गण्डकी     
     पौष २९ गते २०८० मा प्रकाशित


यशोदा राजभण्डारी

यशोदा राजभण्डारी

पोखरा, २९ पुस / फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् ।

बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको संचालक कोइराला सेवा समाज पोखराले उनलाई सम्मानित गरेको हो ।

सम्मानमा नगद ५५ हजार ५५५ रुपैयाँ पनि समावेश रहेको छ । कोइराला सेवा समाजका अध्यक्ष देवदत्त कोइरालाको संयोजकत्व तथा शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला र दाताका तर्फबाट संजिवबहादुर कोइराला रहेको सम्मानित व्यक्तित्व छनोट समितिले राजभण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोइराला सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइरालासहितका अतिथिहरुले उनलाई सम्मानित गरेका थिए ।

अघिल्लो वर्ष स्वर्गीय शान्तबहादुर कोइरालाकी धर्मपत्नी फन्नादेवी, जेठा छोरा संजिवबहादुर कोइराला र परिवारबाट अक्षयकोष स्थापना भएको थियो ।

१० लाख रुपैयाँको अक्षयकोषबाट वर्षेनी प्राप्त हुन आउने ब्याजबाट फरक क्षमताको क्षेत्रमा काम गर्नेलाई पुरस्कृत गर्ने गरी कोइराला सेवा समाजलाई पु्रस्कार संचालनको जिम्मेवारी सुम्पिएको कोष स्थापनाकर्ता संजिबहादुर कोइरालाले बताए ।

सामाजिक कार्यमा क्रियाशिल भएकै अवस्थामा दुर्घटनाका कारण पिता शान्तबहादुरले भोग्नुपरेको पीडामात्र नभएर परिवारको मुली अशक्त हुँदा आफूहरुले भोग्नुपरेको हेलालाई सम्झेर कोष स्थापना गरेको बताए ।

‘बुबाको दुर्घटनापछि हामीलाई पनि कतिले उहाँकै अवस्थालाई हेरेर गिज्याउँथे,’उनले भने,‘शारीरिक अशक्तततालाई जित्न सकिन्छ र उर्जावान जीवन बाँच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि कोष स्थापना गरिएको हो ।’शारीरिक अशक्तता हुनेमाथिको विभेद अन्त्य हुनुपर्नेमा पनि जोड दिए ।

कोइराला सेवा समाजको १९ औं साधारण सभाअन्तर्गत राखिएको सम्मान समारोहमा बोल्दै सम्मानित व्यक्तित्व यशोदा राजभण्डारीले आफूलाई कुष्ठरोग भएपछिको उपचार प्रक्रिया,त्यसपछि नर्सिङ अध्ययन अनि कुष्ठरोगीकै सेवामा बिताएका क्षणहरुको स्मरण गरिन्



Tags: