
पोखरामा पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जना पक्राउ
पोखरा, ३ माघ/ पोखरामा पार्किङमा राखेको जिप चोरी गरेर लैजादै गर्दा १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा १४ खाल्टेमसिना बस्ने २० बर्षिय गोविन्द परियारलाई पक्राउ गरेको हो । प्रहरीले पोखरा १४ समिनतरामा जिप चलाई रहेको अवस्थामा फेलापारी पक्राउ गरेको हो ।
जिप सहित निजलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता डिसपी श्रवणकुमार विकले जानकारी दिए ।





