मन्त्रीको गाडीमा आगजनी घटनाः दुई युवकको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष १३ गते २०८० मा प्रकाशित


मन्त्रीको गाडीमा आगजनी घटनाः दुई युवकको मृत्यु

मन्त्रीको गाडीमा आगजनी घटनाः दुई युवकको मृत्यु

काठमाडौं, १३ पुस/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा परि दुई जना युवकको मृत्यु भएको छ ।

बा२झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए । गाडीमा आगजनी पछि बालकुमारी–ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडप भएको थियो । करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएका छ ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
राउतको छातीमा निलडाम देखिएको अस्पताल जनाएको छ । राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो ।

यस्तै घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको बताए ।