पोखरामा दुई साता देखि बन्द प्याराग्लाइडिङ संचालन हुने

-


     क्लिक गण्डकी     
     पौष १३ गते २०८० मा प्रकाशित


प्याराग्लाइडिङ

प्याराग्लाइडिङ

पोखरा, १३ पुस/ पोखरामा करिब दुई साता देखि बन्द भएकोे प्याराग्लाइडिङ सुचारु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यवसायी बिच छलफलपछि पोखरामा बन्द भएको प्याराग्लाइडिङ संचालन गर्ने सहमती भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले बताए ।

गत मंसिर अन्तिम साता प्याराग्लाइडिङका कम्पनीहरूले आफैँ उडाउन पाउने त्यसको मुल्य पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसको बिबाद ना ले मिलाउन नसके पछि क्यानले तत्कालै पोखराको प्याराग्लाईडिङ स्थगित गर्न सूचना जारी गरेको थियो ।

क्यानबाट पोखरामा आधिकारीक रुपमा प्याराग्लाइडिङ गर्ने अनुमति प्राप्त हुन साथ व्यवसायीले प्याराग्लाइडिङ उडान गर्ने अध्यक्ष भट्टराईले बताए ।

क्यानका सेफ्टी प्रमुख राजु श्रेष्ठ, नाका अध्यक्ष भट्टराई, कम्पनीका व्यवसायी र पाइलट क्लबका पदाधिकारीहरु बिच भएको छलफलमा प्याराग्लाइडिङ संचालन गर्ने मुल्यको बिषयमा आफुखुसि तोक्ने सहमती भएको छ ।

यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने त्यो मुल्य केही समय अघि प्याराग्लाइडिङलाई प्रबद्र्धन गर्न बिषेश छुटमा ३ हजारसम्ममा उडान भएको थियो ।

पोखरामा करिब ५५ कम्पनीहरु रहेका छन ्। पोखरामा व्यवसायीक ३ सय प्याराग्लाइडिङ पाइलटहरु रहेका छन भने करिब पचास प्रतिशत मात्र टेण्डम फ्लाईट गर्दै आएका छन् ।



Tags: