
अन्नपूर्ण पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइडका परिवारलाई १० लाख
पोखरा, ९ पुस/ कास्कीको अन्नपूर्ण पदयात्रामा मृत्यु भएका ट्रेकिङ गाइड सहयोगी तुलबहादुुरको परिवारलाई १० लाख पर्दान गरेको छ ।
भदौ ३० गते अन्नपूर्ण पदयात्राका क्रममा म्याग्दीका तुलबहादुरको मृत्यु भएपछि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आइतबार परिवारलाई इन्सुरेन्सबाट प्राप्त भएको रकम १० लाखको चेक हस्तान्तरण गरेको हो ।
तुलबहादुरका श्रीमतीद्वय मीनाकुमारी गुरुङ र पदमसुवा तामाङलाई चेकमार्फत १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेको हो । टान गण्डकी सदस्य रहेको इस्टर्न लाइट ट्रेक्स एन्ड एक्सपिडिसनबाट तुलबहादुर कोरियनलाई लिइ अन्नपूर्णको पदयात्रामा लिएर गएकोे टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।
पदयात्राका जाँदा बिरामी भएपछि उनलाई उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएकोमा सोही दिन बेलुका उनको मृत्यु भएको थियो ।
मृत्युपछि टानले इन्सुरेन्स कम्पनीसँग दुर्घटना बिमा दाबी गरेको थियो । टानले आफू अन्तर्गतका १ सय ६३ वटै टे«किङ कम्पनीमा आवद्ध कर्मचारीको सुरक्षाका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग दुर्घटना बिमा गर्दै आएको छ ।