घाँस काट्न गएका सासु–बुहारी जंगलमा मृत फेला

-


     क्लिक गण्डकी     
     पौष ९ गते २०८० मा प्रकाशित


शव

नवलपुर, ९ पुस/ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जंगलमा घाँस काट्न गएका सासु–बुहारी मृत फेला परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल जंगलमा मृत फेला परेका हुन् ।

खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किए पछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए । आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए ।

मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए ।