पेट्रोल–डिजेलको मुल्य घट्यो (पोखरामा कति)

-


     क्लिक गण्डकी     
     मंसिर १४ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल

नेपाल आयल निगम पोखरा झेल

पोखरा, १४ मंसिर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । बिहीबार राती देखी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटेको हो ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो ।

पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ४ रूपैयाँ घटाएर नयाँ मूल्य सूची पठाएको छ । ग्यासको मुल्य भने यथावत रहेको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन। यो क्षेत्रमा अब पेट्रोलको मुल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ ।