पोखराको युनिक होटलमा युवती मृत्यु प्रकरणको रहस्य खुलेन

-


     क्लिक गण्डकी     
     मंसिर १९ गते २०८० मा प्रकाशित


पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका

पोखराको होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु, हत्याको आशंका

पोखरा, १९ मंसिर/ पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विकको मृत्यु प्रकरणको अहिले सम्म रहस्य खुल्न सकेको छैन । कास्की प्रहरी यो घटनाको अनुसन्धान जारी राखेपनि घटनाको रहस्य खुल्न सकेको छैन ।

अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका ५ जनालाई तारिखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।

कास्की प्रहरी प्रवक्ता तथा डिएसपी श्रवणकुमार विकले घटनाको अनुसन्धान भइरहेको बताए । होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् ।

मंसिर ५ गते बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विकलाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा विकको सोही राति नै मृत्यु भएको थियो । विकले नागढुंगास्थित शिला रेष्टुरेन्टमा दुई वर्षदेखि काम गर्दै आएकी थिइन् ।

यस्तो थियो घटना विवरण

मृत सुकु विकले नै फोन गरेर होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डिसपी विकले बताए । उनले केटाको नाम, नम्बर टिपाएर होटलको कोठा बुक गरेको होटल सञ्चालकले प्रहरीलाई जानकारी दिएका छन् । कोठा भित्र जुस र रेडबुल खाको भेटिएको विकले बताए ।

युवकसँग होटलको कोठामा मंगलबार करिब साढे ३ बजे गएकी थिइन् । युवक मंगलबार साझँ करिब साढे पाँच बजे होटलबाट एटिएमबाट पैसा झिक्नु छ भन्दै बाहिर निस्किएको होटल सञ्चालकले बताए ।

लामो समय सम्म युवक होटलमा नर्फिएपछि होटल सञ्चालकले कोठा खोल्न गएका थिए । चाबी लगाएका भेटिएपछि होटलमा रहेको अर्को चाबीले कोठा खोलेर हेर्दा युवती अर्धनग्न र अर्ध चेतको अवस्थामा भेटिएकी थिइन् । त्यस पछि शिला रेष्टुरेन्टकी सञ्चालीका, प्रहरी सहित उनलाई अस्पताल लगिएको बयानमा उल्लेख छ ।