
शव
पोखरा, ५ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्न लगाएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मुस्ताङ जोमसोम घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २९ पटनेरी डेरा गरी बस्ने ४६ बर्षीय भीमलाल सुनार र उनी श्रीमती सावित्री सुनारको मृत्यु भएको हो ।
दुई जना मानिसहरूले माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागी मानिसहरु घाईते भएको भन्ने सूचना प्राप्त हुनासाथ ई प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली गएको थियो ।
उनीहरुलाई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पतालमा ल्याएको भएपनि उपचारको क्रममा डाँक्टरले मृत घोषणा गरेका थिए ।





