
लोकेन्द्र कोइराला
पोखरा, १२ मंसिर/ पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको निधन भएको छ । पोखरा वडा नम्बर ४ निवासी कोइरालाको हृदयाघातको कारण मंगलबार निधन भएको हो ।
स्वस्थ्यमा समस्या देखी पछि पोखरा फिस्टेल हस्पिटलमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा बिहान ८ बजेतिर निधन भएको परिवारका सदस्यले जानकारी दिए ।
४८ वर्षका कोइरालाका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको शवलाई नेपाली काग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ ।





