पितम कार्की
एजेन्सी, १२ मंसिर/ रुसमा पुगेर रुसी सेनामा भर्ती भएका स्याङ्गजा पुतलीबजार–५, ठूलास्वाँराका पितम कार्कीको तालिमस्थलमा हवाई आक्रमणमा परि मृत्यु भएको छ ।
गत कार्तिक २९ गते आक्रमणमा परि मृत्यु भएको नेपाली दुताबास बताएको छ ।
कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको नेपाली दुतावास मस्कोले जनाएको छ !