लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     मंसिर २४ गते २०८० मा प्रकाशित


लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

लेखनाथ दुर्घटना हुदाँ दुई जनाको मृत्यु

पोखरा, २४ मंसिर/ पोखराको लेखनाथमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको मृृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो । दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Tags: