पोखराको नैना दोहोरी साँझमा आगलागी, करिब ६० लाख क्षती

-


     क्लिक गण्डकी     
     मंसिर २७ गते २०८० मा प्रकाशित


पोखराको नैना दोहोरी साँझमा आगलागी, करिब ६० लाख क्षती

पोखराको नैना दोहोरी साँझमा आगलागी, करिब ६० लाख क्षती

पोखरा, २७ मंसिर/ पोखरा महानगरपालिका ८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बुधबार भएको आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरीमा बुधबार बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक नेत्रबहादुर कुंवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा नगद ५० हजार, ५ वटा एसि, १० वटा मोवाईल १ वटा फ्रिज ५ वटा सिसि टिभि क्यामेरा, १ कम्पयुटर, साउण्ड सिस्टम १ सेट, १ वटा टिभि १५ वटा सोफा सेट, ग्यास गिजर, बिभिन्न बैकको चेक १३ लाख बराबरको र करिब ८० हजार बराबरको रक्सि गरी करिब ६० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।



Tags: