
पोखराबाट बस चोरी गरेर चितवन लगेपछि
पोखरा, २४ मंसिर/ पोखराबाट बस चोरी गरी चितवन लैजादैँ गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिकाका १७ वर्षीय बालक रहेको कास्की प्रहरीले जनाएको छ । गए राति पोखरा महानगरपालिका– ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको ग १ ख ९६३८ नम्बरको बस हराए पछि प्रहरीले गाडीको खोजतलास गर्दा चितवन आँपटारीबाट बस फेला पारेको थियो ।
चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा ती बालक र बस फेला परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।





