पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ

-


     क्लिक गण्डकी     
     मंसिर २४ गते २०८० मा प्रकाशित


पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ

पोखरामा दुई वटा स्कुटर चोरी गर्ने १ जना पक्राउ

पोखरा, २४ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर ३ नदिपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा वडा नम्बर १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला बाग्लुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने वर्ष १७ को एक जना बालकलाई पक्राउ गरेको छ ।

बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेको र पछी सोधपुछ गर्दै जाँदा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

बालकलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ । ति बालकलाई यस अघि समेत ३ पटकसम्म चोरी मुद्दामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।



Tags: ,