पोखराको फेवातालमा डुबेर बालकको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०८१ मा प्रकाशित


पोखराको फेवातालमा डुबेर बालकको मृत्यु

पोखराको फेवातालमा डुबेर बालकको मृत्यु

पोखरा, २३ बैशाख/ पोखरा महानगरपालिका १८ खपौदीस्थित फेवाताल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरा महानगरपालिका– ५ मालेपाटनका १५ वर्षका सोनम सुवेदीलाई मृत अवस्थामा निकालेको हो । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत प्रहरीलाई खबर गरेका थिए । दिउँसो साढे १ मा बालक डुबेको खबर प्रहरीमा पुगेको थियो ।

खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले साढे २ बजेतिर शव निकालेको हो ।

शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।