समाचार

गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षीय योनजा सार्वजनीक, यस्ता छन् योजना

गण्डकी प्रदेशको दोस्रो पञ्चबर्षीय योनजा सार्वजनीक, यस्ता छन् योजना
पोखरा, १९ चैत/गण्डकी प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षीय योजनाको आधार पत्र सार्वजनिक गरेको छ । उत्पाकत्व बृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्र पहिचान गरिएको बताए । त्यसका लागि आयोगले करिब १० खर्ब लागत सहित कृषि, पर्यटनलाई मुख्य आधार बनाएर योजना सार्वजनिक गरेको हो । ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच… पुरा पढौ

अपडेटःपोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, पामेका २ जनाको मृत्यु

पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । पोखराबाट कास्कीको भदौरे जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको भदौरे देउराली नजिकैको थामडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परि पोखरा वडा नम्बर २४ पामे घर भएका ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य १० जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखराको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण
पोखरा १८ चैत्र/ आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै… पुरा पढौ

पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु

पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना, दुई जनाको मृत्यु
पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएको ६ जनालाई उपचारका लागि पोखरा लगिएको छ । ग१झ ५५४७ जीप सडकबाट करिब २ सय मिटर तल पुगेको प्रत्यक्षदर्शी पत्रकार भानु पराजुलीले जानकारी दिए । थप विवरण आउन बाँकी छ । पुरा पढौ

पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना

बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु
पोखरा, १८ चैत/ पोखराबाट भदौरे जादै गरेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर छ । ग१झ ५५४७ जीप सडकबाट करिब २ सय मिटर तल पुगेको प्रत्यक्षदर्शी पत्रकार भानु पराजुलीले जानकारी दिए । अहिले घटनास्थलबाट घाइतेहरुलाई उद्धारको काम भइरहेको छ । पराजुलीले अहिले घाइतेहरुलाई तलबाट माथी बोकेर ल्याउदै गरेको बताए । थप विवरण आउने बाँकी छ । पुरा पढौ

पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटर सहित दुई जना च्यापिदा एक जनाको मृत्यु

पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटर सहित दुई जना च्यापिदा एक जनाको मृत्यु
पोखरा, १८ चैत/ पाल्पामा हावाहुरीले रुख भाचिएर ढल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा उपचारकै क्रममा दर्लामीको मृत्यु भएको हो । स्कुटर चालक तानसेन नगरपालिका वडानम्बर २ बडिज्ञान टोल बस्ने २० वर्षीय प्रथम शाही घाइते छन् । उनको… पुरा पढौ

पोखरामा अनौठो दुर्घटना, देशभर चर्चा

पोखरामा अनौठो दुर्घटना, देशभर चर्चा
पोखरा, १७ चैत/ पोखरा महानगरपालिका–२८ लेखनाथको आरुपाटामा शनिबार बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । बस दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको स्थानीयले बताएका छन् । लेखनाथको आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा घाइते भएका चालक र सहचालकलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भई रहेको छ । बस सडक घुम्तीमा ब्रेक फेल खाए पछि माथीबाट तल्लो सडकमा खसेको थियो । बस तल्लो सडकमा ठगिएको… पुरा पढौ

गण्डकी प्रदेशमा थप तीन दिन सार्वजनिक बिदा

सार्वजनिक विदा
पोखरा, १६ चैत/ गण्डकी प्रदेश सरकारले २०८१ सालमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । चैते दसैका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको छ । अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा दिँदै… पुरा पढौ

गंगाधर पराजुली र गजेन्द्र भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान

गंगाधर पराजुली र गजेन्द्र भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान
पोखरा, १६ चैत /नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गर्दै ५९ औं स्थापना दिवस मनाएको छ ।महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो । शुक्रबार पत्रकार महासंघको सभाहलमा भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उहाँहरुलाई सम्मान गर्नुभएको हो । पत्रकार गंगाधर पराजुलीलाई नगद ५० हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । भने, भण्डारी परिवारलाई पत्रकार… पुरा पढौ

डाक्टर प्रतिभा मृत फेला

डाक्टर प्रतिभा मृत फेला
काठमाडौं, १६ चैत /डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ । पुरा पढौ