समाचार

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना (घाइतेको विवरण सहित)

बागलुङबाट पोखरा आउदै गरेको बस हेमजामा दुर्घटना
पोखरा, १५ बैशाख/ पोखरामा शनिबार साँझ ७ः३० बजे बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग१ख ९२९७ नम्बरको बस पोखरा महानगरपालिका वडा नं. २५ हेमजास्थित गुम्वाको ठीक तल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।घाईते घाईते :- १.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको । २.ऐ.ऐ.बस्ने बर्ष ५०… पुरा पढौ

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बर्दिबास, १५ वैशाख / पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई… पुरा पढौ

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग
पोखरा, १४ वैशाख / वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो । वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने… पुरा पढौ

पोखरामा पेस्तोल सहित एक जना पक्राउ

पोखरामा पेस्तोल सहित एक जना पक्राउ
पोखरा, १३ बैशाख/ पोखराको लेकसाइडबाट पेस्तोलसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका ३८ वर्षीय नरबहादुर विकलाई पोखरा २४ बाँसकोटबाट पक्राउ गरेको हो । विकको साथबाट ९ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र नगद १६ हजार समेत बरामद भएको छ । प्रहरीले बागमती प्रदेश ०३३प १६३३ नम्बरको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीसँगको बयानमा विकले पेस्तोल छ महिनाअघि भारतबाट ६० हजारमा किने बताएको कास्कीका… पुरा पढौ

पोखराको गुफा डाँडामा भीषण आगलागी

काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, १२ बैशाख/ पोखरा १८ गुफा डाँडामा भिषण आगलागी भएको छ । बुधबार साझँ जंगलबाट सल्किएको आगो भिषण रुपमा लिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय लागेका छन् । जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरी खटिएका हुन् । जंगलमा लागेको आगो निभाउन दमकल जान सक्ने ठाउँ छैन । अहिले आगो पोखरा ५ फारम र पोखरा ६ लेकसाइड तर्फको जंगल तर्फ बढि रहेको छ । पुरा पढौ

पोखराको चाउथेमा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
पोखरा, १२ बैशाख/ पोखराको चाउथेमा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्की घाइते छिन् । राति करिब ८ बजे पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । स्कुटर चालक पोखरा ८, सिमलचौर बस्ने… पुरा पढौ

फेवातालमा डुंगा दुर्घटना

फेवाताल
पोखरा, ११ बैशाख/ फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार टोली सकुशल उद्धार गरेको छ । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको थियो । अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिदा काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी थिए । उनीहरु फेवातालमा रहेको माछापालन केन्द्रको जालमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।फेवाताल रेस्क्यु वाच टावरमा… पुरा पढौ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ
पोखरा, ११ बैशाख/ अघिल्लो वर्ष चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनमा भएको चोरीमा संलग्न तीन जना पक्राउ गरेको छ । भवनको शौचलयको शिशा फोडी उक्त भवनमा रहेको लकर सहित नगद ५ लाख ८२ हजार ५ सय ८० रुपैया, सामसुम मोबाईल थान १ र झोला थान ५ चोरी भएको थियो । उक्त चोरीको वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको टोली अनुसन्धान गर्दै जना ३ जनालाई प्रक्राउ गरेको हो । प्रहरीले पोखरा ५ प्रस्याङबाट पोखरा… पुरा पढौ

यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने

यातायात कार्यालयमा मन्त्री दीपक मनाङेको अनुगमन, हरेक घन्टा हाजिर गर्नुपर्ने
पोखरा, ११ बैशाख/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् । सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले सोमबार यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन निर्देशन दिए । उनले कर्मचारीको विषय धेरै गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न निर्देशन दिए । कर्मचारीहरु बिहान विद्युतीय हाजिरी गरेपछि एकै पटक बेलुका आउने गरेकाले सेवा ग्राहीले सेवा… पुरा पढौ

पोखरामा धुँवा मुस्लो फाल्दै गुड्ने बस ट्राफिक कारबाहीमा

पोखरामा धुँवा मुस्लो फाल्दै गुड्ने बस ट्राफिक कारबाहीमा
पोखरा, १० बैशाख/ पोखरामा धुँवा मुस्लो फाल्दै पोखराको सडकमा कुड्ने सवारीलाई कार्वाही शुरु भएको छ । पोखरामा सोमबार माइक्रोबसले कालो धुँवा फाल्दा शहर कुदी रहेको एउटा बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । धुँवा फाल्दा शहरलाई नै कुरुप र प्रदुषित बनाएको छ । वायु प्रदुषीत बनाउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ४ बिपिचोकबाट नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताए । उनले आजबाट अभियान शुरु भएको र अब निरन्तर चल्लने… पुरा पढौ