फेवातालको मापदण्ड घटाउन सर्वोच्चमा रिट

-


     क्लिक गण्डकी     
     जेठ ५ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, ५ जेठ/ फेवातालको मापदण्ड घटाउनु पर्ने भन्दै सर्वोच्चमा रिट परेको छ । पोखरा लेकसाइडका २२ जनाले रिट दर्ता गरेका हुन् । उनीहरुले रिटमा तालको मापदण्ड ३० मिटर हुनुपर्ने माग छ ।

उनीहरुले ६५ मिटर मापदण्ड बनाउदा लामो समयदेखि फेवाताल किनारमा बस्दै आएकाहरुलाई क्षति पुग्ने भन्दै रिट दायर गरे । उनीहरुले पोखरा महानगर पालिका ५५ औ कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटर झारेका र सोही मापदण्ड कार्यम गर्नु पर्ने माग छ ।

सर्वोच्चले गत वर्ष असार ४ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न र मापदण्ड भित्रका संरचना क्लियर गर्न आदेश दिएको थियो ।

मापदण्ड ६५ मिटरनै कायम गर्न परमादेश लिएर अदालत गएका अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का, दीपेन्द्रप्रसाद घिमिरे, पोखरा महानगरपालिकाको कार्यालय र नगर प्रमुख, पोखरा उपत्यका नगर विकास समिति, ताल संरक्षण विकास प्राधिकरण, राष्ट्रिय ताल संरक्षण विकास समिति, प्रधानमन्त्री कार्यालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई विपक्षी बनाएर रिट निवेदन दर्ता भएको हो ।

वैशाख २१ मा दायर रिटमा २३ गते न्यायाधीश मनोजकुमार शर्माको इजलाशले विषय वस्तुको गाम्भिर्यतालाई हेर्दा दुवै पक्षलाई छलफल गराइ अन्तरिम आदेश जारी हुने वा नहुने अन्तिम निष्कर्शमा पुग्नुपर्ने लेखिएकाले छलफलका लागि जेठ ८ लाई पेसी तोकेको छ ।

रिट निवेदनमा ताल किनारमा रहेको रत्न मन्दिर र हिमागृहबीचको भागमा रहेका संरचना यथावत राख्न अन्तरिम आदेश मागिएको छ ।



Tags: ,