
पोखराको नदीपुरमा खुकुरी प्रहार गरी फरार दुई जना पक्राउ
पोखरा, २ जेठ/ पोखराको नदीपुरमा २२ वैशाखमा एक व्यक्तिलाई गालीगलौज सहित खुकुरी प्रहार गरी घाइते बताएको अभियोगमा कास्की प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत घर भइ हाल पोखरा ३, नदीपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बागलुङ घर भइ हाल पोखरा २५, हेमजा बस्ने २८ वर्षीय लगिन थाला छन् ।
वैशाख २२ गते राति साढे १२ बजे नदीपुरपरमा एक व्यक्तिलाई गालीगलौज गरी खुकुरी प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ ।
प्रहरीले सोमबार पोखराको बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरु विरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअत्तर्गत अभद्र व्यवहारमा २ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।





