
स्पा (मसाज) सेन्टर
पोखरा, २ जेठ/ पोखरा लेकसाइडमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरूमा अनुमन गरेको छ ।
बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ६ लेकसाईडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरुमा अनुगमन गर्दा १८ वर्ष भन्दा मुनिका ६ जना वालिकाहरुलाई काम लगाएको पाएको प्रहरीले जनाएको छ ।
पीडित वालिकाहरुलाई उद्दार गरी स्पालाई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
अनुगमन गरिएका स्पा सेन्टरहरु र उद्दार गरिएका वालिकाहरुको विवरण :
१. CenterPoint Spa – २ जना वालिका
२. Himalaya Spa - १ जना वालिका
३. Paramount Spa – १ जना वालिका
४. New Vision Spa – २ जना वालिका





