
डीभी प¥यो, अब के गर्ने ? अमेरिकन दुतावासले गर्दै छ सहजीकरण
पोखरा, २५ बैशाख/ अमेरिकी सरकारले दिँदै आएको डाइभर्सिटी भिसा (डीभी) को सन् २०२५ को नतिजा सार्वजनिक भइसकेको छ । इडीभी परेकाले अब के गर्ने भन्ने हुन सक्छ ? त्यसलाई सहजीकरण गर्न अमेरिकन दुतावासले मंगलबार प्रश्न सोध्न भनेको छ ।
डीभी पर्नु नै तपाईं अमेरिका जान सिधै योग्य हुनु भने होइन । त्यसपछि प्रक्रिया पार गर्नुपर्दछ । सन् २०२५ का लागि डीभीमा सफल भएकाहरुले सकेसम्म छिटो डीएस २६० फारम भर्नुपर्दछ । इडीभीजस्तै यो फारम पनि आफैं निःशुल्क अनलाइनमार्फत भर्न सकिन्छ, कुनै कन्सल्टेन्सी वा तेस्रो व्यक्ति आवश्यक पर्दैन ।
डिभी परेपछि भिसाको लागि आवेदन दिन अनुमति पाइन्छ । तर, भिसा प्राप्त गरिहाल्ने भन्ने हुँदैन । अन्तर्वार्ताका लागि दूतावासले बोलायो भने आफूलाई आवश्यक पर्ने सबै सक्कल कागजातहरु आफैंसँग लैजानुपर्छ ।
आवेदकको भिसा केस नम्बरलगायत सहि भएको वा नभएको आधारमा मात्रै अन्य प्रक्रिया अघि बढ्ने छ । त्यसपछि मात्रै दूतावासले थप कागजातहरु माग गर्न सक्नेछ ।
दुताबासले फेसबुक पेजमा लेखेको छ ।
भोलि कन्सुलर डाइभर्सिटी भिसा च्याट!
के तपाइँसँग डाइभर्सिटी भिसा २०२५ सँग सम्बन्धित प्रश्नहरू छन्?
दूतावासका कन्सुलर अधिकारीले भोलि, मे ७, दिउँसो २:०० देखि ३:०० बजेसम्म हाम्रो फेसबुक पेजमा लाइभ जवाफ दिनुहुनेछन्।
जवाफ पाउन तल कमेन्टमा आफ्नो प्रश्न सोध्नुहोस् !
Consular Diversity Visa Chat TOMORROW!
Do you have questions related to the Diversity Visa 2025?
An Embassy Consular Officer will answer your questions LIVE on our Facebook page tomorrow, May 7, from 2:00 to 3:00 PM. Add your questions below in the comments! #DV2025
https://www.facebook.com/photo/?fbid=846963330794278&set=pcb.846963840794227





