मादीबाट पोखरातर्फ आउँदै गरेको टिप्पर दुर्घटना, चालक फरार, दुई जना घाइते

-


     क्लिक गण्डकी     
     वैशाख २७ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २७ वैशाख/ कास्कीका मादी गाउँपालिका–५ स्यालटुडा छाचोकबाट पोखरा महानगरापकिाल तर्फ आउँदै गरेको टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बिहान १०ः४५ बजेको समयमा छाचोकबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ४२९८ नम्बरको टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।

टिप्पर दुर्घटना हुँदा नुवाकोट ककनी गाउँपालिका–३ घर भई पोखरा महानगर–२६ बस्ने ३५ वर्षीय धनबहादुर तामाङ र ५२ वर्षीय कृष्णबहादुर लामा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कास्की प्रहरीले जनाएको छ ।
स्यालटुडा छाचोकबाट ढुङ्गा लिएर पोखरा आउँदै गरेको टिप्पर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो ।

दुर्घटनापछि चालक फरार रहेको र अहिले खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।



Tags: